उद्दारमा ढिलाई भएको भन्दै राजदूत मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

४ असार ७७, बिहीबार
Share this
763shares

योगेन्द्र योगी
४ असार, दोहा ।
कतारमा समस्यामा परेका नेपाली नागरिकहरुको उद्दारमा ढिलाई भएको भन्दै नेपाली कांग्रेसको विदेश स्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति कतारले आफ्ना १४ बुँदे माग सहित कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्वाज मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ ।

Advertisement

समितिका कार्यवाहक सभापति शंकर न्यौपाने र महामन्त्री अजिज अलि सहित प्रमुख सल्लाहकार बिमल सुवेदी काँग्रेस महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह लगायत बिज्ञप्ति बुझाउन दोहास्थित नेपाली दूतावास पुगेका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव, नेपाल सरकारको भूमिका र गर्नु पर्ने आवश्यक कामहरु गर्न नसक्नुका साथै ३ महिना देखि बिदेशमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्न नसक्नु, विकराल स्थितिमा पनि अस्पष्ट स्वास्थ्य नीति, अकर्मण्यता, भ्रष्टाचारमा लिप्त भएको निष्कर्श निकाल्दै  देशका सबै जिल्ला र विदेशमा रहेका दूतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेकाे थियाे ।

Advertisement

विश्वब्यापी रुपमै भरपर्दो नदेखिएको अविश्वसनीय परिणाम आउने ¥यापिड टेस्ट अहिलेसम्म भईरहेक,  पिसिआर विधिवाट अत्यन्त न्यून परिक्षण भएको , देशभरिनै क्वारेन्टाईन साह्रै अव्यवस्थित रहेकाे, क्वारेन्टाईनमा नै मानिसहरुको मृत्यु भएको छ, मृत्युपछि र दाहसंस्कार गरिसकेपछि कोभिड १९ पोजिटिभ देखिने गरेका घटनाले परीक्षणको दयनीय अवस्थालाई उजागर गरेको पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै राजदुत भारद्वाजले बर्तमान परिस्थित अनुसारका चासो, चिन्तन सहितका मागहरु जाहेज रहेको भन्दै नेपाली श्रमिकहरुका बारे उठाएका बिषयमा नेपाली दूतावास गम्भीर रहेको बताए । उनले ज्ञापन पत्र चाँडै सम्बन्धित निकायमा पठाउने प्रतिद्वता जाहेर गरेको महामन्त्री अलीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top