×

NEPAL TIMES UPDATES

Playing
हर्कले प्रधानमन्त्री बालेनको राजीनामा मागे, किन यति रुष्ट हर्क ?|| Nepal Times
May 15, 2026
Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026

विदेशमा रहेका नेपालीको उद्धार युद्धस्तरमा

४ असार, काठमाडौँ ।
कोरोनाको संक्रमणका कारण विभिन्न देशमा समस्यामा रहेका नेपालहिरु धमाधम नेपाल र्फकन थालेका छन् । मलेसियाबाट ११७ नेपाली काठमाण्डौ फर्किएका छन् । हिमालय एअरमार्फत १२ जना महिला र १०५ जना पुरुष गरी ११७ जना लिएर काठमाण्डौ अवतरण गरेको नेपाली दूतावासले जनाएको छ ।

मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि थप ५ उडान हुनेछन् । जुन २० अर्थात शनिबार नेपाल एअरलाइन्सले, जुन २१ गते आइतबार हिमालय एअरलाइन्सले, जुन २५ मा पनि हिमालय एअरलाइन्सले नै र जुन २६ र २७ मा नेपाल एअरलाइन्सले उडान भर्नेछ । यो उडानको भाडादर ४५ हजार १ सय रुपैयाँ तोकिएको छ । फर्कने नेपाली स्वयंले नै यातायात खर्च व्यहोर्नु पर्ने नियम छ ।

Advertisement
Advertisement

यस्तै मलेसियामा रहेको नेपाली दूतावासले भिसा वा करार सकिएर स्वदेश फर्कने नेपालीसँग मलेसियाको अध्यागमनले चेकआउट मेमो खोजेकाले टिकट काट्नुअघि चेकआउट मेमो लिन सक्ने नसक्ने भनेर यकिन गर्न अनुरोध गरेको छ । चेकआउट मेमो लिएको तर कोरोनाको कारण म्याद सकिएको भए पनि स्वदेश फर्कन पाइने दूतावासले उल्लेख गरेको छ । भिसाको म्याद भएका तर बिदामा नेपाल फर्कनेले रोजगारदाताबाट बिदाको पत्र अनिवार्य साथमा राख्न पर्नेछ । कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको रिपोर्ट पनि साथमा हुनुपर्नेछ ।

यसैबीच, ओमानबाट १४७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । सलाम एअरको फ्लाइट नम्बर ओभी ४२७ मार्फत ११० जना पुरुष र ३७ जना महिला लिएर जहाज बिहीबार काठमाण्डौ अवतरण गरेको हो । उनीहरु विमानस्थल र होल्डिङ् सेन्टर हुँदै सिधै होम क्वारेण्टीनमा जान पाउनेछन् । ओमानमा कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा समस्यामा परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सलाम अएरमार्फत स्वदेश फर्काइरहेको छ । दूतावासका कर्मचारी र राजदूत आफैं स्वदेश फर्कने नेपालीको विदाइका लागि विमानस्थल पुगेका थिए ।दूतावासले सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा ओमानबाट नेपालीलाई स्वदेश फर्काएको छ ।

Advertisement
Advertisement

यसअघि असार एक गते पनि १६६ जना नेपाली स्वदेश फर्किसकेका छन् ।योसँगै ओमानमा समस्यामा परेका सबै नेपाली स्वदेश फर्किएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन् । उनकाअनुसार आवश्यक परेका मात्रै थप उडान हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top