भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासंगको दुरी दुई अंकमा छोट्यायो

५ असार ७७, शुक्रबार

५ असार, एजेन्सी । स्पेनिस ला–लिगामा रियल म्याड्रिडले भ्यालेन्सीयालाई ३–० ले हराएको छ ।

Advertisement

गएराति घरेलु मैदानमा भएको खेलमा रियललाई विजयी गराउन करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा रियलले तीन गोल गरेको हो । जितसँगै रियल म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनाको दुरी दुई अंकमा झारेको छ ।

Advertisement

रियलको २९ खेलमा ६२ अंक रहेको छ भने बार्सिलोनाको ६४ अंक छ । ला लिगा अन्तर्गत गएराती भएको अर्को खेलमा डेपोर्टीभो आलाभेजले रियल सोसीडाडलाई २–० ले हराएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top