५ असार, एजेन्सी । स्पेनिस ला–लिगामा रियल म्याड्रिडले भ्यालेन्सीयालाई ३–० ले हराएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा रियललाई विजयी गराउन करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा रियलले तीन गोल गरेको हो । जितसँगै रियल म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनाको दुरी दुई अंकमा झारेको छ ।
रियलको २९ खेलमा ६२ अंक रहेको छ भने बार्सिलोनाको ६४ अंक छ । ला लिगा अन्तर्गत गएराती भएको अर्को खेलमा डेपोर्टीभो आलाभेजले रियल सोसीडाडलाई २–० ले हराएको छ ।