गृह मन्त्रायलको एसएमएस सेवा ह्याक, प्रहरीको साइबर ब्युरोद्वारा अनुसन्धान जारी

४ असार ७७, शुक्रबार

५ असार, काठमाडौं । बुधबार गृह मन्त्रायलको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवाबाट आपत्तिजनक म्यासेज प्रवाह भयो ।

मन्त्रालयले कर्मचारीहरूलाई मिटिङमा बोलाउन परे तथा केही सूचना दिन परेमा त्यहाँबाट एसएमएस प्रवाह हुने गरेकोमा बुधबार दिउँसो २ बजे आपत्तिजनक म्यासेज प्रवह भएको थियोे ।

मेसेज आएपछि गृहमन्त्रालयले बुधबार साँझ नै प्रेस विज्ञप्ति जारी गर्दै उक्त सूचना मन्त्रालयबाट सम्प्रेषण नभएको जानकारी दिएको छ ।

सन्देश नेपाली अक्षर प्रयोग गरिएको थियो । अन्तिममा अंग्रेजी अक्षरमा ‘गभर्मेन्ट अफ नेपाल’ लेखिएको थियो । सन्देशको सार, ‘क्षेत्रीय शान्ति स्थापनाका लागि एकपक्षीय कार्यको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने थियो । कूटनीतिक रूपमा असर पुग्ने खालको एसएमएस सचिवदेखि मन्त्रालयका सबै कर्मचारीको मोबाइलमा पुगेको हो ।

म्यासेज पाउनेबित्तिकै मन्त्रालयका ‘प्राविधिक कर्मचारी’ बोलाएर एसएसएस सेवा प्रणाली बन्द गर्न लगाइयो । तत्कालै उक्त प्रणालीको पासवर्ड परिवर्तन गरियो । त्यसपछि गृह मन्त्रालयले एसएमएस सेवा हयाक भएको विषयमा विज्ञप्ति जारी गर्दै छानबिन गर्न प्रहरी प्रधान कार्यालयमार्फत साइबर ब्युरोलाई जिम्मा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अनधिकृत रूपमा एसएमएस सेवा ह्याक गरी गलत सन्देश प्रवाह गरिएको र यसको छानबिन सुरु भइसकेको बताए । गृहको ‘एसएमएस सिस्टम’ हयाक गरेको विषयमा ब्युरोले प्रहरी निरीक्षक प्रवीण ताम्राकारको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top