भोजपुरमा पेस्तोलसहित विष्फोटक पदार्थ फेला

भोजपुरमा पेस्तोलसहित विष्फोटक पदार्थ फेला

६ असार, भोजपुर ।
भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको छ ।

प्रहरीले ताबुबाट एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ ।

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुङने टहरोमा शङ्का लागि चेकजाँच गर्दा टहरोबाट एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरेको इलाका प्रहरी कार्यालय दिंलाका प्रमुख तथा प्रहरी निरीक्षक भास्कर खतिवडाले आज जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.