संक्रमण बढेपछि डडेल्धुरा सदरमुकाम अनिश्चितकालीन सिल

६ असार २०७७, शनिबार
Share this
813shares

६ असार, डडेल्धुरा ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ।

Advertisement

शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ। अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए।

उनले भने, समितिको निर्णयअनुसार व्यापार व्यवसाय सबै बन्द हुन्छन्। हामी बजार क्षेत्रमा माइकिङसमेत गर्दै छौँ। सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यकबाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए।

Advertisement

डडेल्धुरामा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धेरै संक्रमण देखिएपछि यहाँको गन्यापधुरामा बिहीबारदेखि सिल गरिएको थियो।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top