×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या दैनिक एक लाख हुन सक्ने

१७ असार २०७७

१७ असार, एजेन्सी ।
अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकाका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक एक लाख हुन सक्ने बताएका छन् ।

सिनेटमा भएको सुनुवाईको क्रममा डा. फाउचीले दैनिक संक्रमितको संख्या एक लाख पुगेमा आफू आश्चर्यमा नपर्ने बताएका हुन् । सिनेटमा बयानको क्रममा डा. फाउचीले भनेका छन्, ‘स्पष्ट छ कि हामी अहिले महामारीलाई नियन्त्रणमा लिन सकेका छैनौँ ।’

Advertisement
Advertisement

अमेरिकीहरुले मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्ने जस्ता संक्रमणबाट जोगिने उपायहरु अझै पनि प्रभावकारी रुपमा नअपनाउँदा समस्या थप गम्भीर बन्दै गएको डा. फाउचीको भनाई छ । सुनुवाईको क्रममा फाउचीले अहिले अमेरिकामा दैनिक संक्रमण हुने मध्ये आधा चार राज्यका नागरिक रहेको बताए ।

त्यसअघि न्यूर्योकका गभर्नर एन्ड्रयू कुओमोले अरु राज्यबाट आउने आधा अमेरिकी आइसोलेशनमा बस्नु पर्ने बताएका थिए । अमेरिकामा मंगलबार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार भन्दा बढी रह्यो । पछिल्लो पाँच दिनमा चार दिन संक्रमितको संख्या ४० हजार भन्दा बढी रहेको छ ।

अहिले विशेष गरी अमेरिकाको दक्षिणी तथा पश्चिमी राज्यमा संक्रमण अति तीव्र गतिमा बढिरहेको छ। डा. फाउचीले सिनेट सुनुवाईको क्रममा उल्लेख गरेका बढी प्रभावित चार राज्य फ्लोरिडा, एरिजोना, टेक्सास र क्यालिफोर्निया रहेको सिएनएनले उल्लेख गरेको छ ।

अमेरिकामा महिना दिनअघि संक्रमण केही कम हुन थालेपछि लकडाउन खुकुलो पारिएको थियो । तर त्यसपछि पुनः संक्रमण बढ्न थाल्यो र अहिले विभिन्न राज्यले पुनः लकडाउन लागु गरेका छन् ।

संसदीय समितिमा भएको सुनुवाईको क्रममा नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक समेत रहेका डा. फाउचीले राज्यहरुले संक्रमणलाई कमजोर ठानेकाले अहिलेको अवस्था आएको बताए । उनले सरकारसँग मास्कको उत्पादन गरी सबै नागरिकमा निशूल्क वितरण गर्न आग्रह गरेका छन् ।

Advertisement

यस्तै सुनुवाईमा सहभागी भएका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का निर्देशक रोबर्ट रेडफिल्डले अहिले १२ राज्यमा कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल भर्ना हुनेको संख्या बढेको बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top