किङ्स ११ पञ्जाबलाई ४ विकेटले हराउँदै बैंगलोरको जित दर्ता

३० चैत ७४, शनिबार

रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गरेको छ। गएराति किङ्स ११ पञ्जाबलाई ४ विकेटले हराउँदै बैंगलोरले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो।

१ सय ५६ रनको लक्ष्य पछ्याएको बैंगलोरले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर जित हात पार्‍यो।

वैंगलोरको जितमा एबी डि भिलयर्सले अर्धशतकीय पारी खेले। ‍उनले ४० बलमा ४ छक्का र २ चौकासहित ५७ रन बनाए। ओपनर क्विन्टन डी ककले ४५ रन बनाउँदा कप्तान विराट कोहलीले २१ रन बनाए।

Advertisement

पञ्जाबका लागि कप्तान रविचन्द्रन आश्विनले २, अक्षर पटेल, मुजिब उर रहमान र एन्ड्रयू टेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको किङ्स ११ पञ्जाबले निर्धारित २० ओभरमा ४ बलअघि सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो।

उसका लागि लोकेश राहुलले सर्वाधिक ४७ रन बनाए। रविचन्द्रन आश्विनले ३३ रन, करुण नायरले २९, मयंक अग्रवालले १५ र मार्कुस स्टोनिसले ११ रन बनाएका थिए।

रोयल च्यालेन्सर्ज बैंगलोरका लागि उमेश यादवले ३, क्रिस वाक्स, कुल्वन्त केजरोयिा र वासिङ्टन सुन्दरले समान २ र युजभेन्द्र चहलले १ विकेट लिए।

आइपिएलमा समान ४ अंक जोडेका सनराइजर्स हैदरावाद शीर्षस्थान र चेन्नाई दोस्रो स्थानमा । पञ्जाब, बैंगलोर, कोलकाता नाइट राइजर्स, राजस्थान रोयल्सको समान २ अंक छ।

सबै ८ टोलीले २ खेल खेलिसक्दा मुम्बई इन्डियन्स र दिल्ली डेयर डेभिल्सले अंक जोड्न बाँकी छ।

आइपिएलमा शनिबार २ खेल हुनेछन्। पहिलो खेलमा मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्स तथा दोस्रो खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top