प्रदेश १ मा आज फेरी थपिए ११ संक्रमित

१८ असार, विराटनगर । प्रदेश १ मा ११ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै बिहीबार देशभर ४ सय ७३ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार विराटनगर र धरानका प्रयोगशालामा गरिएको परीक्षणमा १० र टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङमा ६, सुनसरीमा ३, खोटाङ र झापामा १–१ जनामा संक्रमण देखिएको छ । मोरङको उर्लाबारीमा ४ महिला र २ पुरुष, सुनसरीको इटहरीमा ३ पुरुष, खोटाङको दिक्तेल र झापाको शिवसतासीमा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय १५ जना पुगेका छन् । जसमा ४ सय जना डिस्चार्ज भएका छन् ।

Advertisement

बिहीबार संक्रमण देखिएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको व्यवस्थापनको काम भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top