एकअर्का देशका नागरिकलाई प्रवेश भिसा नदिने चीन र अमेरिकाको घोषणा

१९ असार, एजेन्सी । चीनले यसै हप्ता हङकङमा नयाँ कानुनी व्यवस्था लागू गरेसँगै अमेरिकाले त्यसको कडा आलोचना गर्दै आएको छ । उक्त कानुन लागू गराउने चिनियाँ अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाउने घोषणा गरिसकेको अमेरिकाले ती अधिकारीहरुसँग कारोबार गर्ने बैंकलाई कारवाही गर्ने कानुन अनुमोदन गरेको छ ।

विधेयकले हङकङको स्वायत्तताविरुद्ध कानुन ल्याउने चिनियाँ अधिकारीहरुसँग कारोबार गर्ने वित्तीय संस्थाहरुलाई कारवाही गर्ने छ । उक्त विधेयक अमेरिकाको तल्लो सदनमा बुहमतले अुमोदन गरेको हो । यता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त विधेयकमा हस्ताक्षर वा कार्यान्वयन नगर्न चेतावनी दिएका छन् ।

उनले आफूहरुको कदमविरुद्ध विधेयक अनुमोदन गरे प्रतिवाद गर्ने बताएको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघि हङकङको मामिलामा आफ्ना नागरिकमाथि अभद्र व्यवहार गर्ने अमेरिकी अधिकारीहरुलाई चीनलेपनि भिसा प्रतिबन्धको घोषणा गरिसकेको छ ।

यसैबीच हङकङका प्रजातन्त्रवादी युवा अभियन्ता मध्येका एक चीनले विवादास्पद नयाँ सुरक्षा कानून लागु गरेपछि विस्थापित भएका छन् । प्रजातन्त्रवादी विद्यार्थी नेता तथा स्थानीय तहका प्रतिनिधि नाथन लले नयाँ सुरक्षा कानून लागु भएको दुई दिनपछि आफू हङकङबाट विस्थापित भएको बताएका हुन् ।

सन् २०१४ मा अम्ब्रेला प्रोटेस्टको क्रममा जेलमा पनि समय बिताएका उनले विदेशमै रहेर पनि प्रजातन्त्रको पक्षमा वकालत गरिरहने बताएका छन् । नयाँ सुरक्षा कानूनले हङकङले पाउँदै आएको स्वतन्त्रतालाई मार्ने भए पनि चीनले त्यसको बेवास्ता गरेको उनले बताएका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top