×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

लुम्बिनी क्षेत्रमै बस्न रुचाउँछन् बुद्धका प्रिय पन्छी सारस

२१ असार २०७७

२१ असार, रुपन्देही ।

शान्ति र प्रेमको प्रतिक मानिने पन्छी सारससँग जोडिएको भगवान गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । उनका दाई देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिनुभएको बताइन्छ ।

Advertisement
Advertisement

वाण हानेर खसालेका घाइते सारसमाथि आफ्नो हक लाग्ने देवदत्तले दाबी गरे तर राजकुमार सिद्धार्थले प्राण लिन खोज्नेको भन्दा प्राण बचाउनेको हक लाग्ने भन्दै घाइते सारस देवदत्तलाई दिन अस्वीकार गरे । उनीहरु दुईबीच यस विषयमा विवाद उत्पन्न भयो । विवाद बढ्दै जाँदा दुबैलाई राजा शुद्धोधनसमक्ष पु¥याइयो । शुद्धोधनले कुनै पनि प्राणीको प्राण लिनेभन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गर्दै त्यस पन्छीमा सिद्धार्थ गौतमको हक लाग्ने बताएपछि विवाद मिल्यो ।

गौतम बुद्धको जीवनमा भएको यो निकै महत्वपूर्ण र प्रेरणादायी मानिने कथा अहिले पनि उत्तिकै सान्दर्भिक छ । बालक सिद्धार्थका पाला देखिको त्यहीँ पन्छी सारस बुद्ध जन्मस्थल लुम्बिनी र गृहनगर कपिलवस्तु आसपासमा पाइन्छन् । संसारका अरु क्षेत्रको तुलनामा यस क्षेत्रमा सारसको सङ्ख्या बढी छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार नेपालमा सारसको सङ्ख्या सात सय छ । सबैभन्दा बढी लुम्बिनीमा तीन सयभन्दा बढी सारस रहेको लुम्बिनी विकास कोषले जनाएको छ । गतवर्ष लुम्बिनीमा एकदिनमै गरिएको गणनामा एक सय १४ वटा सारस भेटिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी) ले जानकारी दिए । सिमसार क्षेत्रको संरक्षणका कारण पछिल्लो समय सारसको सङ्ख्या लुम्बिनीमा अझै बढ्दै गइरहेको उनको भनाइ छ ।

लुम्बिनी र कपिलवस्तु क्षेत्रमा सारसकै अध्ययन र रहनसहन हेर्न कैयौँ पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ श्रेणीको चरा मानिने सारसको संरक्षणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र स्थानीय युवाहरु सक्रियताका साथ लागेका छन् । लुम्बिनीको भियतनाम मन्दिर, कोरिया मन्दिर, कोषका कर्मचारी आवास क्षेत्र परिसर तथा नगरपालिकाको जोगडा, आमालगायतका क्षेत्रमा सारसहरु देख्न पाइन्छ ।

नगरपालिकाले सारसलाई लुम्बिनीको नगर पन्छी घोषणा गरेर संरक्षणको काम गरिरहेको छ । सारस संरक्षणका लागि लुम्बिनीमा सारस पार्क निर्माणको तयारी समेत गरिएको छ । यस्तै विकास कोषले सिमसार क्षेत्रहरुको संरक्षण र विकास गरिरहेको छ । गतवर्ष विश्व वन्यजन्तु कोष र अन्तरराष्ट्रिय क्रेन फाउण्डेशनसँगको सहयोगमा चारवटा सिमसार क्षेत्र निर्माण गरिएको र थप एक सिमसार क्षेत्र निर्माणको क्रममा रहेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताए । उनकाअनुसार गतवर्ष खनिएका सिमसार क्षेत्रमा अहिले ६ जोडी सारस बसिरहेका छन् ।

विकास कोषभित्र सारसका लागि उपयुक्त स्थान छुट्याइएको छ । विश्व शान्ति स्तूपा रहेको उत्तरतर्फको भागलाई सारस संरक्षण क्षेत्र तोकिएको हो । यहाँ कैयौँ जोडी सारस भेटिन्छन् । सारसको संरक्षण गरी पर्यटनसँग जोड्ने प्रयास भइरहेको कोषले जनाएको छ । ‘पर्यटकको बसाइ अवधि लम्ब्याउन सारस क्षेत्र शान्ति स्तुपा परिसरमा दुई किलोमिटर पैदलमार्ग र अध्ययन गर्न चाहनेहरुलाई वातावरणीय सिकाइ केन्द्र निर्माण गर्ने योजना बनाएका छौँ । जहाँ सारसको महत्व र संरक्षणबारे जानकारी गराइने छ’, उपाध्यक्ष मेत्तेयले भने ।

पहिले तराई क्षेत्रमा प्रशस्त पाइने काला नमक धान सारसलाई मन पर्ने खेती हो । अहिले यो खेती हुन छाडेको छ । यो खेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले विकास कोषले योजना बनाइरहेको जनाएको छ । विकास कोष बाहिर सारसको संरक्षणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिकाले वडा नं. २ को भुजहिया स्थित १६ बिघा क्षेत्रमा फैलिएको नौखनिया ताललाई सिमसार क्षेत्र बनाउने तयारी गरेको छ । जसका लागि बजेटको व्यवस्था समेत गरिएको नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए ।

लुम्बिनी विकास कोषको परिसरभित्र र बाहिर खेतमा सारसले अन्डा पार्ने र कोरल्ने गर्छ । त्यसैकारण लुम्बिनी सारसका लागि महत्वपूर्ण क्षेत्र मानिएको उनको भनाइ छ । ‘नगर पन्छी घोषणा गरिएपछि यहाँका किसानले पनि सारस संरक्षण गर्नुपर्छ भन्ने बुझेका छन्’, प्रमुख चौधरीले भने ।

सारसको संरक्षणका लागि स्थानीय युवाहरु पनि सक्रिय भएर लागेका छन् । अन्तक्रिया, गोष्ठी तथा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी स्थानीयवासीलाई वातावरण संरक्षणका लागि सचेत बनाउने काम गरिरहेको ग्रीन युथ क्लब लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मी बताउँछन् । वातावरण तथा सारसको संरक्षणका लागि समुदाय स्तरमा चेतना जगाउन ग्रीन युथ क्लबले लुम्बिनी क्षेत्रमा ३० वटा क्लब गठन गरेको छ । क्लबका युवाहरुलाई लुम्बिनी साँस्कृतिक नगरपालिका र विकास कोषसँग समन्वय गरेर वातावरणको संरक्षण, स्वास्थ्य सरसफाइ, सारसको महत्वबारे तालिम दिएर समुदायमा परिचालन गरिएको अध्यक्ष कुर्मीले बताए । ग्रीन युथ क्लबले विश्व वन्यजन्तु कोषसँगको सहयोगमा लुम्बिनी क्षेत्रमा पर्यावरण संरक्षणको काम गर्दै आएको छ । पर्यावरको संरक्षणले गर्दा लुम्बिनी क्षेत्रमा चराचुरुङ्गीको सङ्ख्या निकै बढेको छ ।

चराविद्का अनुसार विश्वमा पाइने १५ प्रजातीका सारसहरू मध्ये नेपालमा चार प्रजातीका छन् । यहाँ क¥याङ–कुरुङ सारस, लक्ष्मण सारस, कालो टाउके सारस र सारस पाइन्छन् । अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील प्रजातीमा राखिएका कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी पनि मानिन्छन् । सारस नेपालको पश्चिम तराईमा वर्षभरि पाइने रैथाने पन्छी हो भने कालो टाउके सारस नेपालको अन्य क्षेत्रमा आक्कल झुक्कल मात्र देखिने तर हुम्लाको लिमी उपत्यकामा प्रजनन् अभिलेख गरिएको पन्छी हो ।

चराविद् एवम विश्व वन्य जन्तु कोषका उपनिर्देशक राजेन्द्र सुवालकाअनुसार प्रजनन् समयमा जोडीमा बस्ने सारसले एक प्रजनन् अवधिमा दुई वटा अण्डा पार्ने गर्दछन् । वर्षा ऋतुको समयमा करिब ३० देखी ३२ दिनको ओथारो बसाइपछि सारसले चल्ला कोरल्ने चराविद् सुवालले बताए । चल्ला पाँचदेखि छ महिनासम्म माउसँग नै बस्छन् भने त्यस पश्चात अन्य सारसको झुण्डमा सहभागी भई आजीवन जोडी बनाई बस्दछन् ।

यो प्रजाति नेपाललगायत विश्वमा संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । नेपाल सरकारले यसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ । सारसको अण्डा, र मासुको अवैध सिकार हुने गरेको छ । कोलाहल, प्रदूषण र बासस्थान विनाशका कारण यिनको सङ्ख्या पनि दिन प्रतिदिन घट्दै गइरहेको छ । लुम्बिनी वरिपरि बढदो औद्योगिक प्रदूषण, कृषिमा बिषादीको प्रयोग तथा नाङ्गो बिजुलीको तारका कारण नगरपन्छी सारसको जीवनचक्र सङ्कटमा परेको छ । यसका लागि स्थानीयलाई अझै सचेत गराउन आवश्यक रहेको चराविद् सुवालले बताउँछन् । ‘बालबालिकाले महत्व नबुझेका कारण लुम्बिनी क्षेत्रमा सारसका अण्डा चोरी हुने गरेका छन् । यसको नियन्त्रणका लागि जनचेतना आवश्यक छ’ सुवालले भने ।

चराविद्का अनुसार सारसले जीवनभर एकपटक मात्र जोडा बनाउँछ र जोडा बनाइसकेपछि सारस जोडी जीवनभर सँगै रहन्छन् । दुईमध्ये एकको मृत्यु भएमा यो चराले फेरि अर्को जोडा बनाउँदैन । त्यसैले सारसलाई प्रेम र समर्पणको प्रतीक मानिन्छ । नेपालमा सबैभन्दा बढी सारस पाइने लुम्बिनी क्षेत्र नै हो । उड्ने चराहरूमध्ये सबैभन्दा अग्लो सारस अधिकतम ४० देखि ५० फिटको उचाइमा उड्न सक्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा दुर्लभ पन्छीको सूचीमा राखेको सारसको तौल वयस्क अवस्थामा १० किलो र उचाइ ५ फिटसम्म हुन्छ ।

नेपालको वन्यजन्तु ऐनद्वारा संरक्षित पन्छी सारस विश्वकै सबैभन्दा अग्लो उड्ने चरा हो । रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सारसको बसोबास छ । सारसको कुल सङ्ख्याको करिब ९५ प्रतिशत प्रदेश नं ५ मा रहेको चराविद् डा. हेमसागर बरालले बताए । त्यसमध्ये सबैभन्दा धेरै सारस रुपन्देही र कपिलवस्तुमा छन् ।

प्रदेशमा बुद्धपन्छी सारसको सङ्ख्या अधिक रहेकाले प्रदेश पन्छीकारुपमा घोषण गर्न चराविद् बरालको प्रदेश सरकारलाई सुझाव छ । खेतबारीमा प्रयोग गरिने रसायनिक मल, विषादी, ढल, प्लास्टिक र शिशाजन्य नसड्ने पदार्थहरु सिमसार क्षेत्रमा विसर्जन गर्नाले सारसको वासस्थानलाई असर परेको उहाँको भनाई छ ।

चराविद बरालले सारसको वासस्थान संरक्षित क्षेत्र बाहिर मुलतः निजी कृषिभूमि, सार्वजनिक वन र सिमसार क्षेत्रमा अवस्थित छन् अत संरक्षणका लागि स्थानीय समुदायको सक्रियता, जनसहभागिता र अपनत्व आवश्यक रहेको बताउनुभयो । उनले भने, ‘रुपन्देही विकसीत हुँदा सारसले प्रयोग गर्ने स्थल मासिने डर छ तसर्थ यो समस्या आउन नदिन सारसको बासस्थान भएका पालिकासँग समन्वय गरेर सिमसार क्षेत्रको अतिक्रमण गर्नबाट जोगाउन आवश्यक छ ।’

लुम्बिनीमा सारससँगै कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, भुडीफोर, घोगीफोर, लोभिपापी भुडिफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिं कुखुरा, लामोऔले, मरुल, जलअप्सरा, हुटिट्याउँ, टमटमे, आँसीठुडे, पानीचाहा, रातोमुनीया, छिर्केमुनीया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले, साइबेरीयन रुबि, रानीचरीलगायतका दुई सय २२ प्रजातिका चरा बस्छन् ।

चराचुरुङ्गीलाई आहार अभाव हुन नदिन कोषले जङ्गल संरक्षणमा ध्यान दिएको जनाएको छ ।

Advertisement

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख लक्ष्मणप्रसाद पौडेलका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सारसलाई मार्ने वा अण्डा नष्ट गर्ने वा व्यापार गर्नेलाई १५ हजारदेखि ३० हजारसम्म जरिवाना वा तीनदेखि नौ महिनासम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान छ ।–निरा गौतम /रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top