ढलको पानी अनुमति नै नलिई अनुसन्धान र परीक्षण, कोरोना पहिचान

काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमतिबेगर सेन्टर फर मलिकुलर डायनामिक्सले ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक गरेको छ । अनुसन्धान र परीक्षणका लागि अनुमति नै नलिई ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक भएको छ ।

परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले भने, ‘हामीसँग अनुसन्धानका लागि अनुमति लिएको देखिँदैन । तर, महामारीको बेला स्वास्थ्य क्षेत्र पनि जोडिएका कारण सरकारी निकायसँग समन्वय गरेको भए अनुसन्धानले अझ आधिकारिकता पाउँथ्यो ।’ उनले मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्ने प्रावधान रहेको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्वस्वीकृति लिनुपर्ने उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ढलमा देखिएको भाइरसको टुक्राटुक्री भेटिएको देखिए पनि रोग सार्ने प्रकृतिको हुँदैन । उनले भने, ‘ढलको पानीमा कोरोना भाइरस पहिचान भएपनि यसको माध्यमबाट कोरोना भाइरस सर्दैन । तर, ढलको पानीको उचित प्रशोधन भने हुनैपर्छ ।’ ,याे खबर राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

सम्बन्धित समाचार

Scroll to Top