×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

बलिउडका वरिष्ठ अभिनेता जगदीपको निधन

२५ असार २०७७

२५ असार, एजेन्सी । बलिउडका वरिष्ठ अभिनेता तथा चर्चिच हास्यव्यंग्यकार जगदीपको निधन भएको छ । उनको बुधबार बेलुकी मुम्बईस्थित घरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

८१ वर्षका जगदीप क्यान्सरसँग लडिरहेका थिए । बुधबार बेलुका साढे आठ बजे निधन भएका उनको बिहीबार बिहान ११ बजेपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको बिबिसीले हिन्दीले लेखेको छ ।

Advertisement
Advertisement

उनको निधनपछि बलिउड शोकमा छ । अभिनेता अनुपम खेरले ट्वीट गरेर अर्को एक तारा धर्तीबाट आकाश गएको उल्लेख गरेका छन् ।

जगदीपले बलिउडका सुपरहिट चलचित्रहरुमा काम गरेका छन् । उनले शोले चलचित्रमा सूरमा भोपालीको भूमिका निर्वाह गरेका थिए । यस्तै अन्दाज अपना अपनामा उनले गरेको कामको पनि खुब चर्चा हुने गर्छ ।

जगदीपले झण्डै ४०० चलचित्रमा काम गरेका छन् । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो ।

Advertisement
Advertisement

तर चलचित्र जगतमा उनी जगदीपका नामले चर्चित भए । उनको जन्म सन् १९३९ को मार्च २९ मा भएको हो । चर्चिच अभिनेता जावेद जाफरी र नावेद जाफरी उनका छोरा हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top