सिन्धुपाल्चोक काँग्रेसलाई तत्काल उद्धारमा खट्न देउवाको निर्देशन

२५ असार ७७, बिहीबार

२५ असार, विराटनगर ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल खट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्।

Advertisement

आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् देउवाले काँग्रेस कार्यकर्तालाई तत्काल उक्त क्षेत्रमा खट्न निर्देशन दिएका हुन्। त्यसैगरी, उनले सरकारलाई छिटोभन्दा छिटो त्यसक्षेत्रमा उद्धार टोली खटाउन अनुरोध गरेका छन्।

देउवाले भनेका छन्, सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको छ। म सिन्धुपाल्चोकका कांग्रेसका साथीहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु। सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु।

Advertisement

                                 

सिन्धुपाल्चोक काँग्रेस उद्धारमा जुटिसकेको जिल्ला काँग्रेस सचिव बिलबहादुर तामाङले बताए। उनले भने, साथीहरु आ आफ्नो तवरले उद्धारमा खटिसक्नुभएको छ। जिल्लाबाट पनि घटनास्थल जाने तयारीबारे छलफल गर्दैछौं।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top