२५ असार, विराटनगर ।
ओखलढुङगाको सिद्धिचरण नगरपालिका–८ सेतिदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
काठमाण्डौबाट रड बोकेर सोलुको बेनी तर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक आज बिहान साँढे ४ बजे दुर्घटनाग्रस्त भएको हो । दोलखा जिरी नगरपालिका–४ का २५ बर्षीय ट्रक चालक नवराज कार्कीको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।