निगुरो टिप्न जंगल गएका युवकको लडेर मृत्यु

२४ असार ७७, बिहीबार

२५ असार, विराटनगर ।

निगुरो टिप्न जंगल गएका सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का २८ बर्षीय संजिव मेहेताको लडेर मृत्यु भएको छ ।

आज बिहान ६ बजे साथीहरुसंगै कोशी किनारामा निगुरो टिप्न गएका उनी चिप्लीएर कोशीको पानीमा खसेका थिए । पानीमा खसेर घाईते भएका मेहेतालाई संगै गएका साथीहरुले तत्काल उद्धार गरी उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो ।

Advertisement

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top