लालबकैयामा आएको बाढीले रौतहटको बन्जाराहा गाउँ डुबानमा

२७ असार ७७, शनिबार
Share this
745shares

२७ असार, रौतहट ।
लगातारको वर्षापछि लालबकैया नदीमा आएको बाढी पसेपछि ईशनाथ नगरपालिकाको बन्जाराहा गाउँ जलमग्न भएको छ ।

Advertisement

गाउँको वरिपरि बाढीले घेरेपछि स्थानीय प्रशासनले सतर्क रहन भनेको छ । त्यस्तै गौर नगरपालिका–२ महादेवपट्टिस्थित लालबकैया नदीमा बाँधिएको बाँधबाट पानी गाउँमा पस्न थालेको छ । गत वर्ष बाढीले भत्काएको बाँध मर्मत नहुँदा पानी गाउँ पसेको हो । अहिले महादेवपट्टि क्षेत्र जलमग्न भएको छ ।

ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले लालबकैया नदीमा पानीको बहाव बढेपछि उद्धार र राहतका लागि तयारी गर्नेबारे सबै वडाध्यक्षहरुसित छलफल भएको बताए । बाढीको बहाव बढ्दै गए सदरमुकाम गौरलाई समेत डुबानमा पार्ने खतरा बढ्ने मेयर मेहता बताउँछन् ।

Advertisement

डुबानबाट मानवीय क्षति हुन नदिन र अप्ठेरोमा परेकाहरुको उद्धारका लागि सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनालाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । ‘बाँधकै कारण हल्का पानी प्रवेश गरेको छ,’उनले भने, ‘अहिलेसम्म सदरमुकाम डुबानमा परेको छैन ।’

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै पालिका प्रमुखलाई रौतहट डुबानको जोखिममा रहेको भन्दै आवश्यक तयारी गर्न निर्देशन दिएको छ । दशगजामा भारतले एकतर्फी रुपमा बनाएको बाँधका कारण रौतहटका विभिन्न क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top