कोरोनाको कारण गम्भीर बिरामी हुनेको सङ्ख्या घट्दै

३० असार, एजेन्सी ।
विश्वमा कोरोना सङ्क्रमणका कारण गम्भीर बिरामी हुनेको सङ्ख्या घट्दै गएको छ ।

केही दिन अघिसम्म कुल बिरामीको दुई प्रतिशत बिरामी गम्भीर अवस्थामा पुग्ने गरेकामा अहिले घटेर एक प्रतिशतमा झरेको वल्डोमिटरले जनाएको छ । वल्डोमिटरका अनुसार अहिले विश्वभर एक करोड ३२ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

जसमध्ये ४९ लाख ९३ हजारभन्दा धेरैको उपचार चलिरहेकोमा एक प्रतिशत अर्थात ५८ हजार ८ सय ८१ जनाको अवस्था जटिल रहेको र बाँकी ९९ प्रतिशत अर्थात ४९ लाख ४ हजारभन्दा धेरैको अवस्था भने सामान्य छ । यस्तै कोरोनाबाट ७६ लाख ९६ हजारभन्दा धेरै उपचार पछि निको भएका छन् ।

Advertisement

५ लाख ७५ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ३४ लाख ७९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा १ लाख ३८ हजार जनाको ज्यान गैसकेको छ । १५ लाख ४९ हजारभन्दा धेरै निको भएका छन् ।

यस्तै ब्राजिलमा साढे १८ लाखमा सङ्क्रमण पुष्टि हुँदा साढे ७२ हजारको ज्यान गएको छ । यसैगरी ९ लाख जनामा सङ्क्रमण पुष्टि भएको भारतमा साढे २३ हजार भन्दा धेरैको ज्यान गएको वल्डोमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा २८ हजार नयाँ बिरामी थपिएका छन् भने ५ सय ४० जनाको ज्यान गएको छ ।

Advertisement

यसैबीच भारतको बैङलोरमा आजदेखि साउन ७ गतेसम्मका लागि फेरि लकडाउन गर्ने निर्णय भएको छ । आज बेलुकी ८ बजेदेखि साउन ७ गते बिहान ५ बजेसम्मको लागि लकडाउन गर्ने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कर्नाटकमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दैनिक बढ्दै गएको भन्दै लकडाउन गर्ने निर्णय गरिएको खबरमा उल्लेख छ । कर्नाटकमा मात्रै तीन दिनमा १ सय ९८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top