अष्ट्रेलियाको ए लिग फुटबल शुक्रबारदेखि हुने

अष्ट्रेलियाको ए लिग फुटबल शुक्रबारदेखि हुने

३० असार, एजेन्सी ।
कोरोना महामारीका कारण चार महिनासम्म रोकिएको अष्ट्रेलियाको शीर्ष डिभिजनको हुन्डाई ए लिग फुटबल शुक्रबारदेखि हुने भएको छ ।

फुटबल फेडेरेसन अष्ट्रेलियाले कोरोना भाइरसको महामारीको कारण स्थगित लिग शुक्रबार अर्थात जुलाई १७ देखि हुने जनाएको हो । सिड्नी एफसी र विलिङटन फोनेक्सबीचको खेलसँगै लिग हुनेछ । यस सिजन सिड्नी २० खेलमा ४८ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ ।

तीन टिम मेलवर्न भिक्ट्री, वेस्टर्न युनाइटेठ र मेलवर्न सिटीको टिम सिड्नीमा रहेको छ । १४ दिनको क्वरेण्टीनपछि प्रतियोगिता शुरु हुन लागेको हो । कोरोनाका कारण ए लिगमा सिमित दर्शकहरुलाई मात्र प्रवेश दिइने छ । प्रवेश पाउने दर्शकको सङ्ख्या ४५ सय हुने बताइएको छ ।

कोरोनाको कारण अष्ट्रेलियामा करिब १० हजार मानिस सङ्क्रमित छन् भने १०८ जनाको ज्यान गइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.