भारतमा कोरोना संक्रमितको संख्या नौ लाख नाघ्यो

२९ असार ७७, मंगलबार

३० असार, एजेन्सी ।
भारतमा कोरोनाभाइरसबाट कूल संक्रमितको संख्या नौ लाख नाघेको छ।

Advertisement

अहिलेसम्म त्यहाँ ९ लाख ८ हजार २५८ लाई संक्रमण भएको छ। संक्रमण दर बढ्दो गतिमा छ। विश्वमा धेरै कोरोना संक्रमण हुने देशमध्ये भारत तेस्रो हो। अमेरिकामा सबैभन्दा धेरै झन्डै ३४ लाख ८० हजार र ब्राजिलमा १८ लाख ९० हजार संक्रमित छन्।

भारतमा कूल संक्रमितमध्ये पाँच लाख ६९ हजार ७५३ जना निको भइसकेका छन्। अहिले तीन लाख १० हजार ३७७ जनाको उपचार भइरहेको दैनिक भाष्करले उल्लेख गरेको छ। २३ हजार ७११ जनाको मृत्यु भएको छ। सोमबार लगातार चौथो दिन २७ हजारभन्दा बढी संक्रमित भेटिएका छन्।

Advertisement

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी महाराष्ट्रमा ६ हजार ४९८ र तमिलनाडुमा चार हजार ३२८ संक्रमित भेटिएका छन्। यी दुई राज्य बढी प्रभावित छन्। त्यसपछि दिल्ली बढी प्रभावित छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top