३० असार, विराटनगर ।
कोरोनाको कहरपछि निर्वाध रुपमा विद्यालयको पठनपाठन सूचारु नभएपछि नेपालका अधिकांश जसो विद्यालयहरुले अनलाईन माध्यबाट शिक्षण सिकाई अघि बढाएका छन् । यसमाध्यमबाट अधिकांश विद्यार्थी जो विपन्न वर्गका रहेका छन् उनीहरु बन्चित भएको भन्दै अनलाईन शिक्षणको विरोध भइरहेको बेला विराटनगरस्थित दिल्ली पब्लिक स्कुलले संचालन गरेको अनलाइन शिक्षणबाट भने शिक्षक,विद्यार्थी र अभिभावकहरुले भने अधिकतम लाभ लिन सकेको बताउँदै खुशी ब्यक्त गरेका छन् ।
विभिन्न चुनौतीका बाबजुद् विद्यालयले सञ्चालन गरेको अनलाईन कक्षालाई सञ्चालनगर्न विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री जुटाईदिनुका साथै विद्यालय सञ्चालक समितीलाई अनलाईन कक्षा सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरेका हुन् । विद्यालयका हेड मास्टर दिपक शाहका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमले शैक्षिक क्षेत्रमा आएको प्रभाव र निराशतापूर्ण अन्यौलको स्थिति लाई अनलाईन शिक्षणले आशाको किरणको रुपमाकामगर्ने निष्कर्ष निकाल्दै बिद्यालयले विभिन्न चुनौतिका बावजुद संचालक समितिबाट अनलाईन कक्षा संचालनको प्रस्तावपारित गर्दै कक्षा अघि बढाएको थियो ।
हाल आएर अभिभावकहले समेत यसलाई समर्थन गरिदिँदा बिद्यालयको मनोवल झनै उच्च भएको उनको भनाइ छ ।कोभिड–१९,माहामारीले यस वर्षको शैक्षिक सत्रमा अवसर र चुनौति दुवै लिएर आएको उनले बताए । उनले यसअघि पनि बाढी,पहिरो जस्ता प्राकृतिक प्रकोप र राजनैतिक अस्थिरता जस्ता संकटका वेलापनि डि.पि.एस. का अभिभावकहरुले बिद्यालयलाई सदैव सहयोगको हात अघि बढाउँदै आएको र यस परिस्थितिमा पनि अनलाईन शिक्षणका लागि बिद्यार्थीलाई आवश्यक पर्नै सामग्रीहरु जस्तै ः इन्टरनेट,एन्ड्रोएड सेट,ल्यापटप र शैक्षिक सामग्रीहरु उपलब्ध गराएर यस कार्यक्रमलाई सफल पार्न सहरानिय योगदान गरेको बताए ।
आगामी दिनमा पनि अभिभावकहरुले बिद्यालयको स्तरोन्नति र गुणस्तर वृद्धि गर्न समर्थन गर्ने बिश्वास राखेको उनले जनाएका छन् । डि.पी.एस. ले शैक्षिक सत्र २०२०–२१ को सुरुवात देखि नै अनलाईन शिक्षण शुरु गरेको जनाएको छ । सो बिद्यालयले भारतको कोलकत्ता स्थित निट बाट प्राक्टिस प्लस सफ्टोवरको प्रयोग गरि पी.ए.–१ मुल्याकंन समेत संचालन गरेको छ ।