३१ असार, काठमाडौं । बुधबार १ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । कुल संक्रमित मध्ये ६ हजार १ सय १४ वटा सक्रिय केशहरु छन् ।
पछिल्लो २४ घण्टामा ६ सय ९७ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म ११ हजार २५ जना संक्रमित उपचारपछि निको भएका छन् ।