युएईस्थित नेपाली दूतावासले भन्यो- तोकिएभन्दा बढी शुल्क लिए कार्वाही गर्छाैँ

१ साउन ७७, बिहीबार

योगेन्द्र योगी
१ साउन, दोहा ।

Advertisement

कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका विभिन्न एयरलाइन्स कम्पनीहरुले चार्टर्ड उडानमार्फत स्वदेश फर्किने नेपाली नागरिकहरुलाई तोकिएभन्दा बढी भाडा लिए कार्वाही गर्ने युएईस्थित नेपाली दूतावासले चेतावनी दिएको छ ।

दूतावासमा तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएपछि एक सूचना जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको । नेपाल सरकारले यूएईबाट चार्टर्ड उडानका भाडा लागि नेपाल एयरलाइन्सको अमेरिकी डलर ३६०, हिमालय एयरलाइन्सको ३८५ अमेरिकी डलर तोकेको छ ।

Advertisement

अर्थात (१४ सय २० दिराम) र अन्य एयरलाइन्सको हकमा सम्बन्धित एयरलाइन्सले तोकेअनुसार हवाईभाडा निर्धारण गरेको जनाउँदै युएईबाट नेपाल फर्किनुपर्नेहरुले टिकट लिनुअघि राम्रोसँग बुझेर सम्बन्धित एयरलाइन्सको आधिकारिक बिक्रेतासँग मात्रै हवाई टिकट खरिद गर्न दूतावासले सूचित गरेको छ।

स्वदेश फर्किने नेपालीहरुबाट ट्राभल्स एजेन्सीले तोकिएको भन्दा बढी मूल्यमा टिकट बिक्रि गरेको कारण टिकट नपाएरको गुनासो आउन थालेपछि तोकिएको भन्दा बढी लिए दूतावासमा खबर गर्न अनुरोध गरेको छ ।

Advertisement

यूएईबाट स्वदेश फर्किने नेपालीहरुको सङ्ख्या ठूलो भएपनि अहिलेसम्म ५ हजार ८ सय ५९ जना मात्र नेपाल फर्किएको दूतावासले जनाएको छ । दुई चरणमा गरेर ३५ वटा उडान भएका छन् । दुई चरणमा गरी भएका ३५ उडानमार्फत प्राथमिकतामा परेका नेपाली स्वदेश फर्किएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top