रोनाल्डोको गोलमा हारबाट जोगियो रियल

५ बैशाख ७५, बिहीबार

क्रिष्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा रियल मड्रिडलाई ठूलो हारबाट जोगाएका छन्। लिग अन्तर्गत रोनाल्डोले गए राति एथ्लेटिको बिल्बाओसँगको खेलमा खेलको अन्तिम समयमा गोल गर्दै टिमलाई ठूलो हारबाट जोगाएका हुन् ।

Advertisement

रोनाल्डोको गोलसँगै रियल मड्रिडले घरेलु मैदानमा एथ्लेटिको बिल्बाओसँग १–१ को बराबरी खेलेको हो।

खेलको १४ औँ मिनेटमा इनाकी विलियम्सको गोलमा भ्रमण टोली एथ्लेटिको बिल्बाओले अग्रता लियो।

Advertisement

पहिलो हाफसम्म १-०ले पछि परेको घरेलु टोलीका लागि खेल सकिन ३ मिनेट बाँकी हुँदा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए।

लुका मोड्रिकले प्रहार गरेको बल क्रसबारमा लागेर फर्किए पछि खेलमा पछप परिसकेको रियलका लागि गोल गर्दै रोनाल्डोले हारबाट जोगाए।

Advertisement

रोनाल्डोले यो सिजन रियलका लागि सबै प्रतियोगितामा गरेर ३९ खेलमा ४२ गोल गरिसकेका छन्।

लिगमा तेस्रो स्थानमा रहेको रियल मड्रिडको पाँच खेल खेल्न बाँकी हुँदा ६८ अंक भएको छ। उ शीर्ष स्थानको बार्सिलोना भन्दा १५ अंकले पछि छ।

यस्तै दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड भन्दा तीन अंकले पछि छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top