विना निष्कर्ष सकियो नेकपाका तीन नेताबीचको आजको वार्ता

विना निष्कर्ष  सकियो नेकपाका तीन नेताबीचको आजको वार्ता

१ साउन, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादित विषय सल्टाउन दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता विना निश्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १२ बजेदेखि शुरुभएको त्रिपक्षीय वार्ता २ बजे सकिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

यसअघिसम्म दुई अध्यक्षबीच एक्लाएक्लै वार्ता भएपनि बिहीबार पार्टीको आन्तरिक विवादको विषयलाई लिएर तीन नेताबीच वार्ता भएको हो । साउन २ गते (भोलि) शुक्रबार नेकपाको स्थायी कमिटी बैठक बस्दैछ ।

सो बैठकअघि दुई अध्यक्षबीच सहमति बनाउन नियमित बैठक बसिरहेको छ । आजको बैठक सकारात्मक भएपनि ठोस सहमति बन्न नसकेको अध्यक्षद्वयका सचिवालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.