ब्राजिलका राष्ट्रपति बोल्सोनारोलाई फेरि कोरोना पोजेटिभ

३१ असार ७७, बिहीबार

१ साउन, एजेन्सी ।
ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोलाई फेरि कोरोना पोजेटिभ देखिएको छ ।

एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा उनले आफूलाई फेरि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् । उनलाई यसअघि ८ जुलाईमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको थियो ।

उनले आफूलाई रुघाखोकी, ज्वरो र शरीर दुख्‍ने समस्या भएको बताएका थिए । उनले आफूले मलेरियाका लागि प्रयोग हुँदै आएको हाइड्रोक्सिक्लोरोक्‍वाइन प्रयोग गरेपछि उक्त समस्या हटेको बताएका छन् ।

Advertisement

बुधबार उनले हाइड्रोक्सिक्लोरोक्‍वाइनले काम गरेको स्वीकार गरेका हुन् । यसले कोरोना संक्रमणविरुद्ध काम गर्छ भन्‍ने कुनै वैज्ञानिक तथ्य भने फेला परेको छैन । उनले आफूलाई हाइ्रोक्सिक्लोरोक्‍वाइनले काम गरेको बताएका छन् ।

विश्वभर अमेरिकापछि सबैभन्दा बढी कोरोना भाइरस संक्रमित ब्राजिलमा रहेका छन् । शुक्रबारसम्म ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख पार हुने जनाइएको छ । अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३६ लाख १७ हजारभन्दा बढी रहेको छ ।

Advertisement

तेस्रो नम्बरमा रहेको भारतमा भने ९ लाख ७२ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित रहेका छन् ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top