२ साउन, पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा शुक्रबार बिहानपख खसेको पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
स्थानीय प्रेमराज विकको घर माथिबाट आएको पहिरोमा पुरिएर उनका नातिहरु १६ वर्षीय कुशल विक, १४ वर्षीय समिर विक र १६ वर्षीया नातिनी रोजिना विकको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
एउटै कोठामा सुतिरहेका तीनै जना सुतेकै अवस्थामा पुरिएको प्रहरीले बताएको छ । प्रेमराज दम्पती भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्तक तीन जनाको शव पहिरोबाट निकालिसकेको डीएसपी हमालले बताए ।
