नेकपा सचिवालय बैठक भोलि शनिबार बस्ने

नेकपा सचिवालय बैठक भोलि शनिबार बस्ने

२ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार सचिवालय बैठक बोलाएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो।

शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

गत असार ६ गतेदेखि सचिवालय बैठक बसेको छैन। विवादकै कारण असार १८ गतेदेखि सहमतिका लागि भन्दै स्थायी समिति बैठक स्थगित हुँदै आइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.