आज साउदी, बहराइन र कतारबाट ८ सय ३१ नेपाली स्वदेश फर्किए

३ साउन, काठमाडौं ।
साउदी अरब, बहराइन र कतारबाट गरी आज बिहान ८ सय ३१ नेपाली स्वदेश फर्किएका छन्।

नेपाल एयरलायन्सका तीन वटा र हिमालय एयरलायन्सका दुई वटा विमानमार्फत उनीहरु स्वदेश आएका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कामका शिलशिलामा विदेशी भूमिमै ज्यान गुमाएका पाँच जनाको शव पनि ल्याइएको छ।

साउदी अरबको रियादबाट नेपाल एयरलायन्सको विमानमा २५८ जना नेपाली बिहान काठमाडौं उत्रिएका हुन्। रियादबाट तीन जनाको शव पनि ल्याइएको छ। बहराइनबाट दुइ वटा उडानमार्फत २ सय ६८ जना आएका प्राधिकरणले जनाएको छ।

Advertisement

कतारको दोहाबाट हिमालय एयरलायन्सको उडानमार्फत १५६ जना र नेपाल एयरलायन्सको उडानमार्फत १४९ जना आएका छन्। कतारबाट नेपाल एयरलायन्सको विमानमा दुईवटा शव पनि ल्याइएको प्राधिकरणले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top