५ साउन, सुनसरी ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५ हजार ८ सय २० के.जी. माछा बरामद गरी नष्ट गरेको छ । गत शुक्रबार अपरान्ह इनरुवा ४ बाट भारतिय नम्बर प्लेटको डब्लुबी २५ जे ६१४१ नम्बरको ट्रकमा लोड गरी ल्याएको माछा प्रहरीले बरामद गरेको हाे ।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले भारतिय नम्बर प्लेटको उक्त ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतबाटै ल्याएको उक्त परिमाणको माछा फेला पारी बरामद गरेको हो । भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित गरिएको माछा ल्याईएको पाईपछी ट्रक सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

साथै ट्रक र ट्रक चालक भारत पश्चिम वंगाल स्वरुपनगर बस्ने २४ वर्षीय मो. इमामुल गोल्दारलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी सेतु वन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको र बरामद गरिएको माछा पशु पंक्षी तथा सत्स्य विकास निर्देशनालयको रोहोवरमा खाडल खनि नष्ट गरिएको सुनसरी प्रहरीले जनाएको छ।
पछिल्लो समय सीमावर्ती क्षेत्रमा सुनसरी प्रहरीले चेकजाँचमा कडाई गर्दे आएको छ। केही दिन अघि मात्रै सुनसरीको भारततर्फको सीमा क्षेत्रमा तस्करहरुसँग प्रहरीको झड्प समेत भएको थियो ।झडपका क्रममा प्हरीको गोली लागि एकजना घाईते समेत भएका छन ।
