×

NEPAL TIMES UPDATES

Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News: तेलको भाउ २ सय डलर पुग्ने, इराकको तेल भण्डार बन्द || Nepal Times
Mar 12, 2026
Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026

कोरोना महामारी अझै धेरै खराब हुनसक्ने ट्रम्पको अनुमान

७ श्रावण २०७७

७ साउन, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको महामारीको कारण देखापरेको अवस्था सुधार हुनुअघि खराब हुने अनुमान गरेका छन्।

उनले कोरोनाभाइरस सम्बन्धी पत्रकारहरूलाई जानकारी दिने काम फेरि सुरु गरेका छन् र त्यही बेला उनले यस्तो बताएका हुन्। उनले सबै अमेरिकीहरूलाई मुख ढाकेर हिँड्न पनि भने। त्यसको असर हुने भन्दै उनले देशप्रेम देखाउन पनि भनेका छन्।

सोही पत्रकार सम्मेलनका बेला उनले मास्क लगाएका थिएनन्। तर यसअघि भने उनले यस्ता व्यक्तिगत सुरक्षा सामग्रीको महत्त्व खासै नभएको बताउने गरेका थिए। अमेरिकाभर भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या उल्लेख्य रुपमा बढिरहँदा राष्ट्रपतिका सहयोगीहरूले उनलाई भाइरसबारे अपुष्ट कुरा नबोल्न भनेको बताइन्छ।

एप्रिलमा दैनिक हुने ब्रिफिङकै क्रममा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको उपचार निसङ्क्रमित बनाउने खोप लगाएर गर्न सकिने बताएपछि उनको चर्को आलोचना भएको थियो। त्यसपछि मिडिया ब्रिफिङ पनि रोकिएको थियो।

महिनौंपछि मङ्गलवार ह्वाइट हाउसमा भएको ब्रिफिङमा उनले धेरैजसो लेखिएकै कुरा भनेका थिए। नले त्यहाँ खासगरी जनस्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको महामारीबारे भन्दै आएको कुरा नै भनेका थिए।

ट्रम्पले दुर्भाग्यवश कोरोनाभाइरस सुधारको दिशातर्फ जानुअघि खराब हुने भन्दै चेतावनी दिएका हुन्।

सरसफाइमा जोड

उनले भनेः हामी सबैलाई यही भनिरहेका छौं कि जब तपाईँ सामाजिक दूरी राख्न सक्नुहुन्न त्यतिबेला मास्क लगाउनुस्। तपाईँलाई मास्क मन परे पनि मन नपरे पनि त्यसको असर हुन्छ र हामीले पाउन सक्ने प्रत्येक कुरा हामीलाई चाहिन्छ।

मिडियाका अगाडि भने मास्क लगाउन ट्रम्प अनिच्छुक देखिन्छन्। हालै एउटा सैन्य अस्पतालको भ्रमणमा जाँदा भने उनले मास्क लगाएका थिए। राष्ट्रपति ट्रम्पले भनेः हामी अमेरिकीहरूलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सरसफाइमा ध्यान दिन भनिरहेका छौं, प्रत्येक पटक मौका मिल्दा हात धुनुस्।

हामी युवाहरूलाई भीडभाडयुक्त बारहरू र घरभित्र हुने भेलाहरूमा नजान अनुरोध गरिरहेका छौं। सुरक्षित र चलाख हुनुहोस्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिका, विश्वमै कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै रहेको देश हो।

अहिलेसम्म त्यहाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ लाख नाघिसकेको छ भने १ लाख ४१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।(बीबीसी)

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top