×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

विदेशबाट फर्कनेहरु स्वास्थ्य मापदण्ड पालना गर्दै होम क्वरेण्टीनमा बस्न पाउने

७ श्रावण २०७७

७ साउन, काठमाडौँ ।
विदेशबाट फर्कनेहरु अब स्वास्थ्य मापदण्ड पालना गर्दै होम क्वरेण्टीनमा बस्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले होम क्वरेण्टीनसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेसँगै विदेशबाट घर फर्किएकाहरु होम क्वरेण्टीनमा पनि बस्न पाउने भएका हुन् ।

Advertisement
Advertisement

कोरोना प्रभावित देशहरुबाट स्वदेश फर्कनेहरुले तोकिएको मापदण्ड पूरा गरी घरमै क्वरेण्टीनमा बस्न चाहेमा पालिकाको सहमति र प्रत्यक्ष निगरानी रहने गरी १४ दिन बस्ने गरी पठाउन सकिने मापदण्ड तयार गरिएको मन्त्रालयका स्वास्थ्य प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

होम क्वरेण्टीनमा बस्दा यस्ता कुरामा ध्यान दिने

बस्ने कोठा हावा ओहोरदोहोर गर्न मिल्ने र घाम लाग्ने खालको हुनुपर्छ ।

कोरोना सङ्क्रमणको जोखिम कायमै हुने भएकाले चर्पी र नुहाउने ठाउँ छुट्टै भएमा उपयुक्त हुन्छ ।

तर यदि छैन भने पनि विदेशबाट फर्कने व्यक्तिले प्रयोग गरेको चर्पी सङ्क्रमण हटाउनेगरी सफा गरेपछि मात्र परिवारका अरु सदस्यले प्रयोग गर्नु पर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

आफ्नो स्वास्थ्य अवस्थाको बारेमा चिकित्सक, स्वास्थ्यकर्मी वा नजिकको स्वास्थ्य संस्थामा नियमित जानकारी गराउनपर्ने कुरा मापदण्डमा उल्लेख छ । कोरोनाको जोखिमबाट बच्च भेटभाट वा बोलचालमा दूरी कायम राख्नु पर्छ ।

सकेसम्म विदेशबाट फर्किएर होम क्वरेण्टीनमा बसेका मानिस बाहिर ननिस्कने, नडुल्ने, मास्क लगाउने, बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्छ ।

विदेशबाट फर्कने व्यक्ति होम क्वरेण्टीनमा बसिरहँदा घरका हरु सदस्यले पनि विशेष सतर्कता अपनाउनु पर्छ । जता पनि जाने, जे पनि छुने, सरसफाइमा ध्यान नदिने गर्नु हुँदैन । विदेशबाट फर्कनेले प्रयोग गरेका, छोएका सरसामान पुनः प्रयोगमा ल्याँउदा राम्रोसँग डिसइन्फेक्ट गर्नपर्छ ​।

मापदण्डमा सम्बन्धित व्यक्तिको घरमा हुनुपर्ने न्यूनतम भौतिक पूर्वाधार, सम्बन्धित व्यक्ति तथा परिवारका सदस्यहरुले पालना गर्नुपर्ने व्यवहार तथा कामका बारेमा उल्लेख गरिएको छ ।

मापदण्ड स्वीकृतिसँगै सम्बन्धित व्यक्तिलाई क्वरेण्टीनमा बस्दा सहज हुने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

Advertisement

आफ्नो ठाँउबाट जिम्मेवार ढङ्गले सबैबाट यो मापदण्ड पालना भएन भने जोखिममा भएका आफ्नै घरका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका परिवारका सदस्यहरु र छरछिमेकलाई समेत जोखिममा पार्ने सम्भावना रहने प्रवक्ता गौतमको भनाइ छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top