वीरगन्जमा मृत्यु भएकी किशोरीमा कोरोना संक्रमण पुष्टि

१० साउन, वीरगन्ज ।
वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएकी किशोरीको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार अपराह्न मृत्यु भएकी बारा परवानीपुर गाउँपालिका–४ निवासी १७ वर्षीय किशोरीको नारायणीको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।

गत बुधबार नारायणी अस्पतालमा किशोरीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई वीरगन्ज हेल्थ केयर हस्पिटल लगिएको थियो । किशोरीमा झाडापखाला लाग्ने र जिउ काम्ने र स्वास प्रश्वासमा पनि समस्या देखिएको थियो ।

हस्पिटलका निर्देशक डा. अबुल हैस अन्सारीका अनुसार त्यहाँ उनको स्वाब संकलन गरी नारायणीको प्रयोगशालमा पठाइएको थियो । निर्देशक डा.अन्सारीले भने-‘अक्सिजन मेन्टेन भइरहेको थिएन, ७५ प्रतिशत देखाइरहेको थियो, छातीको एक्सरे गरेर हेर्दा फोक्सो पुरै खराब देखिएको थियो ।’ किशोरीमा स्क्रब टाइफससमेत पोजिटिभ देखिएको उनले बताए ।

निर्देशक डा. अन्सारीका अनुसार ती किशोरीको उपचारमा संलग्न ५ जना स्वास्थ्य कर्मचारीलाई क्वारेन्टाइनमा राखेर अस्पतालको आकस्मिक सेवा सिल गरिएको छ । यसअघि शुक्रबार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा वीरगन्ज महानगरपालिका– ११ निवासी ८५ वर्षीया वृद्धाको मृत्यु भएको थियो । ती वृद्धामा मुटुरोग र निमोनियाको समस्या थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top