×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

वैदेशिक रोजगारीमा जानेले तालिम लिनैपर्ने

८ बैशाख २०७५

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका लागि जाने व्यक्तिका लागि न्यूनतम एकहप्ते सीपमुलक तालिम लिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको छ ।

तालिम र सीपबिना नै वैदेशिक रोजगारीमा जाँदा कमाइ पनि राम्रो नहुने, कामको सिलसिलामा जोखिम बढी हुने कुरालाई ध्यानमा राख्दै सरकारले तालिम अनिवार्य गर्ने गरी कार्यविधि कार्यान्वयनमा ल्याउन लागेको हो ।

Advertisement
Advertisement

वैदेशिक रोजागारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि-२०७४ भर्खर मन्त्रालयबाट पारित भई कार्यान्वयनमा आएको छ । आजको गोरखापत्रमा समाचार छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले कार्यविधिअनुसार अबको एक वर्षभित्र अनिवार्य रुपमा तालिम लिएकालाई मात्रै वैदेशक रोजगारीमा जान श्रम स्वीकृति दिने गरी तयारी थालिएको जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार, कार्यविधिमा एक महिना वा सोभन्दा कम समयको तालिम, एक महिनाभन्दा बढीको तालिम, तीन महिनाभन्दा कम समयको तालिम र तीन महिनाभन्दा बढी समयको लामो अवधिको गरी तीन तहको तालिमको व्यवस्था गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top