×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

वैशाख २८ मा भारतीय प्रधानमन्त्री माेदी नेपाल अाउँदै

८ बैशाख २०७५

विराटनगर ः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपालको भ्रमणमा आउने भएका छन् । उनले नेपाल भ्रमणका क्रममा जनकपुर पुगेर त्यहाँको प्रसिद्ध जानकी मन्दिरको पनि दर्शन गर्ने भएका छन् ।

नेपालसँगको बिग्रेको सम्बन्ध सुधारका लागी प्रत्यनस्वरुप मोदीको नेपाल भ्रमण हुने  समाचार हिन्दुस्तान टाइम्सले छापेको छ ।

Advertisement
Advertisement

मोदीको नेपाल  भ्रमणको तयारी भर्इरहेकाे  पुष्टि गर्दै हिन्दुस्तान टाइम्सले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि हुने जनाएको छ ।

प्रधानमन्त्री ओली दिल्ली पुगेर फर्केको डेढ महिनाको नबित्दै मोदी नेपाल आउन लागेका हुन् । ओली यही अप्रिल ६ देखि ८ सम्म भारत भ्रमणबाट फर्किएका थिए ।

मोदी नेपाल आउने भएपछि नेपाली पक्षले उनलाई जनकपुर भ्रमण गराउने तयारी पनि थालेको छ । मोदीको यो तेस्रो नेपाल भ्रमण हो । यसअघि उनी सन् २०१४ मा आउँदा अन्तिम समयमा जनकपुर जाने कार्यक्रम रोकिएको थियो ।

सन् २०१५ मा नेपालले संविधान जारी गरेपछि भारतीय पक्षले असन्तुष्टि जनाउँदै नेपाल ६ महिना नाकाबन्दी गरेको थियो । त्यसयता भारतले नेपालको संविधानको स्वागत पनि गरेको छैन ।

तर नेपालमा वाम गठबन्धनले बहुमतसहितको सरकार बनाएपछि मोदीले आफ्नो दूतकारुपमा विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर सम्बन्ध सुधारको कोशिश गरेका थिए ।

Advertisement

त्यसपछि प्रधानमन्त्री बनेर केपी ओली दोस्रो पटक दिल्ली पुगेका थिए । ओली दिल्ली पुगेका बेला मोदीले नेपालसँग आफू सहकार्य गर्न तयार रहेको बताउँदै नेपालको नयाँ सरकारलाई स्वागत गरेका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top