पश्चिम अफगानिस्तानमा सैनिक कारबाही : ८ जना लडाकु मारिए

११ साउन ७७, सोमबार

११ साउन, फिरोजकोहा।

अफगानिस्तानको घोर प्रान्तको शाहराक जिल्लामा सरकारी सेनासँग भएको भिडन्तमा एक जना मुख्य तालिबान कमान्डरसहित आठ जना तालिबान लडाकु मारिएको सेनाले जनाएको छ ।

अफगान सेनाद्वारा जारी वक्तव्यमा आइतबार भएको उक्त भिडन्तमा तालिबान कमान्डर मुल्लाह खक्सारको मृत्यु भएको उल्लेख छ । तालिबान कमान्डर मुल्लाह खक्सारको नेतृत्वमा आएको तालिबान समूहको एक टोलीले खारिस्तान क्षेत्रको एउटा सुरक्षा जाँच चौकीमा आक्रमण गरेपछि भिडन्त भएको थियो । सरकारी सेनाको जवाफी कारबाहीमा कमान्डर खक्सारसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको र अरु लडाकु त्यहाँबाट भागेको सेनाले जनाएको छ ।

Advertisement

घोर प्रान्तका तालिबानमाथि कमान्डर खक्सारको मृत्युले ठूलो क्षति पुगेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फिरोज कोह राजधानी रहेको घोर प्रान्तमा तालिबानको प्रभावशाली उपस्थिति रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top