अदुवाको भाउ स्थिर, किसान आशावादी

१२ साउन ७७, मंगलबार

१३ साउन, काठमाडौं ।
वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् ।

एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् । धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ ।

गत वर्षदेखि एकै किसिमको भाऊ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे जानकारी दिए ।
सबै त खनिसकेको छैन, तर बीउ अदुवा हो यति नै त भन्न सकिन्न”, उनले भने, “तर जति फले पनि अदुवाको मूल्य राम्रै पाउने अपेक्षा छ ।”

Advertisement

उनले यस वर्ष मात्रै झण्डै २० मन (एक मनमा ४० किलो) रोपेका छन् । भाउ आए पनि अहिले किसानले बजारमा अदुवा ल्याउन भने सकेका छैनन् । ग्रामीण भेगका सडक भत्किएका र हिलाम्मे बन्दा सवारी सञ्चालन नभएपछि किसानले अदुवा बजारसम्म ल्याउन नसकेको इलाम बिब्ल्याँट्टेका व्यवसायी कृष्ण पौडेलले बताए ।

सडक अवरोधका कारण अदुवा बजार ल्याउन नसक्दा लामो समयसम्म पनि भाउ उही दरमा रहेको उनले जानकारी दिए । “गत वर्षसम्म यस मौसममा ठूलो परिमाणमा अदुवा आइसक्थ्यो तर यसपटक आउन सकेकै छैन”, उनले भने, “धेरै किसानले अस्ती बिक्री नभएपछि रोपेका छन् ।

Advertisement

अनि नयाँ अदुवा अभाव हुँदा अहिले बीउ अदुवाको भाउ राम्रो आयो ।” उनका अनुसार अहिले पनि किसानको भकारीमा ठूलै परिमाणमा अदुवा भए पनि बजार निकाल्न सकस परेको छ । अदुवा बजार निकाल्न नसक्दा किसानको भकारीमै कुहिने डर भएको पौडेलको भनाइ छ ।

किन घटबढ भएन त भाउ ?

भारतीय बजारमा अदुवा नआएको र बन्दाबन्दीमा किसानले अदुवाखेती गरेकाले भाउ नबढेको व्यवसायीको अनुमान छ । सब्जीमा दैनिक खपत हुने भएकाले अत्यावश्यक वस्तुमा पर्नाले पनि अदुवाको भाउ नघटेको व्यवसायी पौडेलको भनाइ छ ।

सानो अदुवाको भाउ उचित आए पनि ठूलो (विकासे) अदुवाको भने उचित भाउ नआएको किसानको गुनासो छ । सानो अदुवाजस्तो फाइदाकारी नहुने, अदुवा कम बिक्नाका कारण भाउ नआएको र कम दाममै अदुवा बेच्न बाध्य भएको अदुवा किसान सरोज पोखरेलको भनाइ छ ।

आफ्नो बारीमा विकासे अदुवा फस्टाएर फल्नाले विकासे अदुवा रोपे पनि अहिले भाउ नआउँदा मनको रु एक हजार ८०० मै बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । करिब २० मन अदुवाखेती गरेका उनले राम्रै आम्दानी भए पनि अपेक्षाकृत भाउ नपाएको दुखेसो गरे।

व्यवसायीले विकासे अदुवा सानो अदुवाको तुलनामा बढी फल्नाले श्रमअनुसार भाउ औषत रहेको बताएका छन् । कम लागतमै ठूलो परिमाणमा उत्पादन हुने भएकाले विकासे अदुवाको भाउ सन्तोषजनक रहेको व्यवसायीको भनाइ छ ।

नेपालमा उत्पादन हुने अदुवा विदेश निर्यात हुने गर्छ । विदेश निर्यात हुने क्रममा वर्षेनी भारतीय सीमामा विभिन्न बहानामा अवरोध हुनाले अदुवा निर्यातमा समेत समस्या पर्ने गरेको छ । यस वर्ष पनि समस्या दोहोरिन पुग्यो ।

लामो समय बन्दाबन्दीका कारण निकासी ठप्प भएको अदुवा केही महिनाअघि पनि भारतीय अवरोध खेप्नुप¥यो । बन्दाबन्दी खुले पनि भन्सारबाट कृषिजन्य वस्तु निर्यात हुन नसक्दा व्यवसायीले अनेक दुःख खेप्नुप¥यो ।

बन्दाबन्दी खुलेपछि कृषिजन्य वस्तु बोकेर झापाको मेची भन्सार पुगेका ट्रक भारत प्रवेश गर्न नसकेपछि मेची नदीको पुलमा लामो समय अड्केका थिए । नेपाल–भारतको छलफलपछि अवरोध खुलेपछि कृषिजन्य पदार्थ पुनः भारत प्रवेश गरेका थिए ।

निकासी किन रोकिएको थियो भन्ने आधार भने फेला पार्न सकिएन । बिना आधारै नाकामा सामग्री रोकिँदा पटक–पटक व्यवसायीले करोडौँ घाटासमेत व्यहोर्नुपरेको छ । नेपालतर्फबाट जाने कच्चा पदार्थ नाकामा रोकिँदा बिग्रिने हुँदा राम्रो बजार नपाउने गरेको व्यवसायीको भनाइ छ ।

इलामसहित पाँचथर, ताप्लेजुङ तेह्रथुमलगायत पूर्वी पहाडका जिल्लामा व्यावसायिकरूपमा अदुवाखेती गरिँदै आएको बताइएको छ ।(रासस)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top