राष्ट्रिय परिचयपत्र वितरणका लागि १७६ कर्मचारी माग, मासिक तलब ३६ हजार

१४ साउन ७७, बुधबार

१४ साउन, काठमाडौं ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि करारमा दर्ता अपरेटरको माग गरेको छ। सप्तरी, सर्लाही र कास्कीमा १ सय ७६ जनालाई नियुक्त गरिने विभागले जनाएको छ।

Advertisement

 

खुला प्रतिस्पर्धा मार्फत चार महिनाको करार सम्झौता हुने र सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने जनाईएको छ । जिल्ला प्रशासन कार्यालयबाट करार सम्झौता भएका कर्मचारीलाई दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने विभागले जनाएको छ ।

Advertisement

१२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले दरखास्त दिन सक्ने छन्। लिखित परीक्षा भदौ १० गते हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top