तिन दिने रोजगार मेला सम्पन्न, रोजगारीका लागि सयौँको आवेदन

किशोर विश्वकर्मा
विराटनगर, बैशाख ९
गत बैशाख ७ गतेदेखी विराटनगरमा लागेको रोजगार मेला आइतबार सम्पन्न भएको छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन भइरहेका कारण नेपालमा जनशक्ति अभावको समस्या रहेकाले वेरोजगार युवा युवतीहरुलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै रोजगार सृजना गर्ने र औद्योगीक तथा व्यवसायीक क्षेत्रमा भएको जनशक्ति अभावलाई पूर्ती गर्ने उदेश्यले आयोजना गरिएको ३ दिने रोजगार मेला आईतबार सम्पन्न भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र रोजगार सुचना केन्द्रको समन्वयमा आयोजित रोजगार मेलामा रोजगारिका लागि सयौँ युवा युवतीहरुले आवेदन दिएका छन् ।

मेलामा विभिन्न उद्योग तथा व्यवसायीक प्रतिष्ठानहरुले विभिन्न प्रकारका जनशक्ति आवश्यक रहेको भन्दै जनशक्ति उपलब्ध गराउन माग गर्दै आवेदन दिएका छन् ।

त्यस्ता विभिन्न उद्योग तथा कम्पनीहरुले कम्प्यूटर अपरेटर, अपरेटर, सिलाई कटाई जान्ने, जुत्ता चप्पल बनाउन सिकेका, लेखापाल, वेटर, हाउस किपिङलगायतका विभिन्न किसिमका जनशक्ति अभाव रहेको भन्दै जनशक्ति उपलब्ध गराइदिन आवेदन दिएको रोजगार सुचना केन्द्र विराटनगरमा परामर्शदाता महेन्द्र प्रसाइँले जानकारी दिए ।

उनले कम्पनीहरुले व्यवस्थापकदेखी कार्यालय सहयोगी सम्मका जनशक्ति माग गरेको बताए । रोजगारीका लागि पूर्वका, झापा, मोरङ, सुनसरीलगायत प्रदेश नं. १ का विभिन्न जिल्लाहरुबाट यूवायूवतीहरुले आवेदन दिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका उपाध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

उनले वेरोजार र रोजगारदाता बिच मेला सम्पन्न भएपछी पनि आफुहरुले पूलको काम गरिरहने जानकारी दिए । महासंघका सचिव गोपाल काफ्लेले जोसुकैले पनि आगामी दिनहरुमा विराटनगर शनिहाट पूर्वमा अवस्थीत नेपाल घरेलु तथा साना उद्योग महासंघको कार्यालय र रोजगार सुचना केन्द्र, विराटनगरमा आवेदन दिन सक्ने जानकारी दिए । ३ दिने रोजगार मेलामा विभिन्न स्टलहरुसमेत राखिएको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top