वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमण

१६ साउन ७७, शुक्रबार
Share this
743shares

१६ साउन, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण देखिएको छ । ५४ वर्षीय मेयर सरावगीले आफूलाई संक्रमण देखिएको फेसबुक बिहीबार बेलुका पेजमार्फत सार्वजनिक गरेका हुन् ।

Advertisement

सरावगीले आफ्नो फेसबुक पेजमा लेखेका छन्–‘वीरगन्जवासीको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैलै छिट्टै नै कोरोनालाई जित्ने छु’

सोमबार काठमाडौँ गएका उनको काठमाडौंमै स्वाब परीक्षण गरिएको थियो ।बुधबार बेलुका स्वाब परीक्षणका लागि दिइएकोमा बहीबार बेलुका पोजिटिभ रिपोर्ट आएको सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए । उनका अनुसार सरावगीको काठमाडौंस्थित अपार्टमेन्टमा उपचारको व्यवस्था मिलाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top