गुल्मीमा पहिरो : एकै घरका चार जनाको मृत्यु

गुल्मीमा पहिरो : एकै घरका चार जनाको मृत्यु

१७ साउन, तमघास ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको छ ।

शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोलेसँगै खसेकाे ढुङ्गाले च्याप्दा  ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको  मृत्यु भएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।

सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.