आज सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय कायम

१८ साउन, काठमाडौं । सुनको भाउ तोलामै करिब एक लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो ।

महासंघले आइतबारका लागि तेजाबी सुनको भाउ भने ९९ हजार एक सय ६० रुपैयाँ तोकेको छ । यसैगरी चाँदीको भाउ तोलामा १२ सय ३० रुपैयाँ पुगेको छ ।

Advertisement

अन्तराष्ट्रिय बजारमा बढेको सुनको मागका कारण भाउ निरन्तर बढेको महासंघले जनाएको छ । मूल्य बढेसँगै नयाँ गहन बिक्री शून्य बराबर रहेको तथा पुरानो गहना बेच्नेको संख्या बढ्न थालेको वयवसायीहरुले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top