आगामी वर्ष जापानमा हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

आगामी वर्ष जापानमा हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक

२० साउन, एजेन्सी । जापानको टोकियोमा अर्को वर्ष हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ ।

जापानले कोरोना भाइरसको कारण एक वर्ष पछाडि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो ।

अब पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ तारिखदेखि सेप्टेम्बर ५ सम्म हुनेछ । पाराओलम्पिकमा २२ खेलको ५ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.