चिकित्सकमा कोरोना देखिएपछि सिल गरिएको विराट नर्सिङ होम खुल्यो

२० साउन ७७, मंगलबार

२० साउन, विराटनगर ।
चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि सिल भएको विराटनगर अस्पताल प्रा.लि. (विराट नर्सिङ होम) सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल सञ्चालनमा आएको जानकारी दिईएको हाे ।

Advertisement

अस्पतालको ओपीडी (बहिरंग) सेवा भने हाल बन्द नै रहने अस्पतालका प्रशासन प्रमुख पदम बिनाडीले बताए । अस्पतालको आन्तरिक व्यवस्थापनसँग जोडिएका वरिष्ठ चिकित्सकलाई गत साउन ६ गते कोरोना पोजेटिभ देखिएसँगै अस्पताल सील गरी अस्पतालका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।

संक्रमित चिकित्सकको काठामाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा कार्यारत चिकित्सक, स्वास्थ्यकर्मी अन्य कर्मचारी साथै सेवा लिन आएका सेवाग्राहीहरुको पीसीआर जाँच भईसकेकाले पूर्णरुपमा सेनिटाइज तथा डिसइन्फेक्टेड गरेर अस्पताल सञ्चालनमा ल्याइएको बिनाडीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top