वीरगञ्जमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

२१ साउन, वीरगञ्ज । वीरगञ्जमा थप एक जना ४६ वर्षीय पुरूषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

वीरगञ्ज-१५ निवासी ती पुरूषलाई ज्वरो र खोकीको समस्या देखिएको थियो। त्यसपछि परीक्षण गराउँदा सोमबार उनलाई कोरोना पोजेटिभ देखियो। लगत्तै उनी वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका थिए।

Advertisement

आजै पर्साका अर्का एकजना १८ वर्षीया किशोरीमा पनि मृत्युपछि संक्रमण पुष्टि भएको छ। पोखरिया नगरपालिका निवासी उनको नेसनल मेडिकल कलेजमा भर्ना नगर्दै मृत्यु भएको थियो।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top