नेकपा कार्यकर्ताबाट निर्घात कुटिएका मुगुका शिक्षक गम्भिर घाइते

२० साउन ७७, बुधबार

२१ साउन, मुगु ।
मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले एक शिक्षकलाई निर्घात कुटपिट गरी गम्भिरघाइते बनाएका छन।

सोरु गाउँपालिका–३ भिई गाउँ घर भइ हाल कालिका आधारभूत विद्यालय लिबु्रमा कार्यरत ३४ बर्षीय शिक्षक बिष्णुराज धामीलाई नेकपाका कार्यकर्ताले मरणासन्न हुने गरी कुटपिट गरेका हुन।

नेकपा माओवादीका पुर्व सांसद नवराज धामीका छोरा मनोज धामिको नेतृत्वमा सोमबार राति १ बजे घाइते बिष्णु धामीको घरमा आएका ७ जना नेकपा कार्यकर्ताले अपहरण शैलीमा धामीलाई घरबाट पाँच सय मिटर टाढा रहेको काटीया खोलामा लगि मरणसन्न हुने गरी कुटपिट गरेर घाइते बनाएको घाइतेका दाजु डिल बहादुर धामीले जनाए।

Advertisement

उनका अनुसार भाईलाई टाउको, पिठ्यु र तिघ्रामा गहिरो चोट लागेको छ। तत्काल उपचारका लागि गाउँमा सम्भव नभएको र सदरमुकाम गमगढी पुग्न २ दिन लाग्ने भएपछि उपचारका लागि जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा हेलिकप्टरको व्यवस्था मिलाई मंगलबार माउन्टेन हेलिकप्टबाट उद्दार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको छ।

सोमबार दिउसो गाँउमा रहेको विद्यालयमा फुुटबल खेल्दा बिवाद भएको र राती पूर्णीमा मेलालागेको ठाउँमा समेत विवाद भएपछि शिक्षक धामी घरमा सुत्न गएका थिए।

Advertisement

सोही समयमा उक्त गाउँकै मनोज धामीसहित ७ जनाको टोली गइ उनलाइ घरबाट बाहीर निकाली कुटपीट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। सोरुकोट प्रहरी चौकीबाट भिई गाउँमा गएको सुरक्षाकर्मीको टोलीले कुटपीटमा संलग्नको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक भुबनेश्वर प्रसाद साहले बताए।

केहि दिनअघि मात्र नेकपाकै कार्यकर्ताले रेडियो श्रीनगर एफएम मुगु संवाददात खेमराज बुमीलाई पनि कुटपिट गरेपछि घाइते दाईसहित पत्रकार खेमराज जिल्ला सदरमुकाममा जाहेरी गर्न आएका थिए। दाई सदरमुकाममै रहेको बेला भाईलाई कुटपिट गरिएकोले अगाडीको घटनालाई प्रभावित बनाउन भाईलाई कुटपिट गरिएको हुनसक्ने आंकलन गरिएको छ।

घाइते बुमीका दाजुभाई स्थायी शिक्षक भएको र गाँउमा आउने विकास तथा अन्य कामकुराको सधै पारदर्शी हिसाब किताब खोज्ने भएकाले आफनो र पार्टीको एकलौटी बर्चस्व कायम राख्न ज्यान मार्ने ध्यले कुटपिट गरेको पीडित परिवारको भनाइ छ।

सोही घटनाको भत्र्सना गर्दै नेपाल शिक्षक संघ मुगुले मंगलबार एक प्रेस विज्ञपतीजारी गरेर निन्दा गरेको छ। कुटपिटबारे बुझ्न आरोपी मनोज धामी र उनका बुवा पुर्व संविधान सभा सदस्य नवराज धामीलाई सम्पर्क गर्न खोज्दा दुवैको मोवाईलमा सम्पर्क हुन सकेन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top