कांग्रेसका ५ लाख क्रियाशील सदस्य थपिने

काठमाडौं : नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो। देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने सहमति गरेका हुन्।

Advertisement

अहिले कांग्रेसमा करिब पाँच लाख क्रियाशील सदस्य छन्। अब पाँच लाख क्रियाशील सदस्य थपिनेछन्। पदाधिकारी बैठकमा भएको सहमतिलाई औपचारिकता दिन केन्द्रीय समिति बैठक बोलाउने नेताहरूले बताएका छन्।

‘छिट्टै केन्द्रीय समिति बैठक बसेर औपचारिक निर्णय हुनेछ’, कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले भने। पार्टीका पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक बसेको हो। विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने र पार्टी समायोजनका साथै सदस्यता लिन चाहनेको संख्या धेरै भएपछि तल्लो तहबाटै क्रियाशील सदस्यता थप गर्नुपर्ने दबाब आएको हो। यसअघि पार्टी संस्थापन पक्षले क्रियाशील सदस्यता दोब्बर बनाउनुपर्ने प्रस्ताव गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असहमति जनाएको थियो।

Advertisement

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरूबीच गुटगत राजनीति गहिरिँदै गएका बेला पदाधिकारी बैठक बसेको हो। ‘पछिल्लो समय शीर्ष नेताबीच संवादहीनताको अवस्था थियो, त्यसलाई तोड्ने काम भएको छ,’ एक पदाधिकारीले अन्नपूर्णसँग भने, महाधिवेशनबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला शीर्ष नेताहरू एकै ठाउँमा बसेर छलफल भएको छ।’ ,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top