सिरहाका एक संक्रमित युवकको धरानमा मृत्यु, लहानमा निषेधाज्ञा

२३ साउन, सिरहा । सिराहाको गोलबजारका २५ वर्षीय एक युवकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

Advertisement

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस गर्दागर्दै उनको बिहीबार राति पौने दश बजे मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।

युवकमा कोरोना पोजेटिभ देखिएपछि जनकपुर अस्पतालले डायलासिस नहुने भन्दै धरान ‘रिफर’ गरिदिएको थियो।

Advertisement

यसैविच, सिराहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ।

Advertisement

छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा संक्रमण फैलिरहेकाले निषेधाज्ञा जारी गरिएको हो।

नगरपालिका कार्यपालिकाको आपतकालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नं ७ का वडाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिए।

वडा ८ का संक्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब संकलनको कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए।

यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top