केरलामा एयर इन्डियाको विमान दुर्घटना : मृत्यु हुनेको संख्या १७ पुग्यो

२४ साउन, नयाँ दिल्ली ।
दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान शुक्रबार साँझ केरलाको विमानस्थलनमा दुर्घटना भएको छ । दुबई बाट आएको एयर इन्डियाको आईएक्स–१३४४ बोइङ ७३७ विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ ।

विमान धावनमार्गबाट चिप्लिएर ठोक्किँदा दुई टुक्रा भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमान दुई टुक्रा भए पनि आगलागी भने नभएको कम्पनीले जनाएको छ ।

सो विमानमा १८४ यात्रु तथा ६ जना विमान चालक दलका सदस्य रहेको बताइएको छ । पछिल्लो विवरण अनुसार दुर्घटनामा परी दुई जना पाइलटसहित १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् । उक्त विमानमा कोरोना महामारीका कारण दुबईमा फसेका भारतीय नागरिकलाई उद्धार गरी ल्याइएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top