कतारबाट १५५ जना नेपाली स्वदेश फर्किए

२४ साउन ७७, आइतबार

योगेन्द्र योगी
२५ साउन, दोहा ।
कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट १५५ जना नेपाली स्वदेश फर्किए छन् ।

Advertisement

दोहाबाट काठमाडौँको लागि उडेको हिमालय एयरलाइन्सको उडानमा ५ महिलासहित १५५ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावासका द्वितीय सचिव भट्टराईले लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Advertisement

यसैगरी अर्को उडान आज साँझ नेपाल तथा हिमालय एयरलाइन्सले गर्ने छ भने अर्को उडान भोली अगष्ट १० तारिखमा नेपाल एयरलाइन्सले गर्ने दूतावासले जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top